सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

लगातार विकेट गुमाउँदै नेपाल खराब स्थितिमा

आइतबार, १७ असार २०८०, १८ : ४४
आइतबार, १७ असार २०८०

काठमाडौँ । एकपछि अर्को विकेट गुमाउँदै नेपाल यूएईविरुद्धको खेलमा खराब स्थितिमा पुगेको छ । नेपालले २३ ओभरको अन्त्यमा ६ विकेटको क्षतिमा ८४ रनको स्थितिमा रहेको छ । 

अहिले दीपेन्द्रसिंह ऐरी १८ रन बनाएर खेलिरहेका छन् भने गुल्सन झा २ रन बनाएर उनलाई साथ दिइरहेका छन् । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

यूएईका लागि मुहमद जवादुल्लाहले ३ विकेट लिएका छन् । यसअघि पहिलो ब्याटिङ गरेको यूएई १ सय ८१ रनमा अलआउट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप