सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुरु पूर्णिमा व्यास नगरपालिकाले दियो सार्वजनिक बिदा

आइतबार, १७ असार २०८०, १९ : ५७
आइतबार, १७ असार २०८०

तनहुँ । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।  नगरपालिकाले उक्त दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको छ ।  

सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

ll

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप