सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुलपानी क्रिकेट मैदानको नामकरणप्रति असन्तुष्टि जनाउँदै स्थानीयले लगाए ताला

सोमबार, १८ असार २०८०, १२ : १७
सोमबार, १८ असार २०८०

काठमाडौँ । स्थानीयले मुलपानी क्रिकेट मैदानको नामकरणमा असन्तुष्टि जनाउँदै ताला लगाएका छन्। नेपाल क्रिकेट संघ (क्यान)को असार १५ गते बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथशाहको नाममा राख्ने निर्णय गरेको थियो । उक्त नाममा असन्तुष्टि जनाउँदै स्थानीयले आइतबारदेखि नै ताल्चा लगाएका हुन् ।

क्यानका संस्थापक तथा पूर्व अध्यक्ष शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामकरण गरिएको थियो ।  गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समयदेखि बन्न सुरु गरेको भए पनि अझै पनि पूरा नभएको सो खेल मैदानलाई पूर्णता दिनका लागि सरकारले पनि यस आर्थिक वर्षमा सहयोग प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप