सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेस शृंखलाबाट बाहिरिए नाथन लियोन

सोमबार, १८ असार २०८०, १५ : ४८
सोमबार, १८ असार २०८०

काठमाडौँ । अस्ट्रेलियाका अफ—स्पिनर नाथन लियोनले इङ्ल्यान्डविरुद्घको बाँकी एसेस टेस्ट खेल्न नसक्ने भएका छन् । इङ्ल्यान्डविरुद्घको दोस्रो एसेस टेस्टका क्रममा पिँडुलामा लागेको चोटका कारण उनले बाँकी खेल गुमाउने भएका हुन् । 

३५ वर्षीय लियोन लर्डसमा खेलिएको दोस्रो टेस्टको दोस्रो दिन घाइते भएका थिए । उनले हालसम्म अस्ट्रेलियाका लागि चार सय ९६ टेस्ट खेलिसकेका छन् । इङ्ल्यान्डविरुद्घको पाँच खेलको परम्परागत एसेस शृंखलामा हाल अस्ट्रेलिया २—० ले अगाडि छ ।

एसेस शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया दुई विकेटले विजयी भएको थियो । आइतबार सम्पन्न दोस्रो खेलमा अस्ट्रेलिया ४३ रनले विजयी भएको थियो । लियोनको स्थानमा अर्का स्पिनर टोड मर्फीलाई टोलीमा समावेश गर्ने सम्भावना छ । 

यसै वर्षको प्रारम्भमा भएको भारत भ्रमणका क्रममा १४ विकेट लिने मर्फीलाई तेस्रो टेस्टका लागि अस्ट्रेलियन टोलीमा समावेश गरिने सम्भावना रहेको छ । गत फेब्रुअरीमै भएको भारतविरुद्घको खेलमा २२ वर्षीय मर्फीले टेस्टमा ‘डेब्यू’ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप