आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

ललिता निवास प्रकरण : मीनबहादुरसहितको बन्दी प्रत्यक्षीकरणको रिट भट्टराई र फुयालको संयुक्त इजलासमा

मङ्गलबार, १९ असार २०८०, ११ : ४८
मङ्गलबार, १९ असार २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह लगायतको रिट निवेदनमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए । उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वउ डा. आनन्दमोहन भट्टराई र हरिप्रयाद फुयालको इजलासमा सुनुवाइ हुने भएको हो ।

यसअघि शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाउ आदेश जारी भएको थियो ।

इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप