सुनसरी घटना
स्कुटरलाई टिपरले दियो ठक्कर, इटहरी तनावग्रस्त
मङ्गलबार, १९ असार २०८०, १८ : ३३
विराटनगर । आमा र छोरी चढेको स्कुटरलाई टिपरले ठक्कर दिएपछि सुनसरीको इटहरी तनावग्रस्त बनेको छ।
केहीबेरअघि भएको यो घटनापछि प्रहरी र सर्वसाधारणबीच झडप भइरहेको छ।
दुर्घटनामा एक जनाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन।
कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिपरले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका छन्।
स्थानीयवासीले टिपर तोडफोड गरेका छन्।