आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बागमती प्रदेशसभा बैठक

रासायनिक मलदेखि हेटौंडा–काठमाडौँ सडकबारे सांसदहरूले उठाए आवाज

मङ्गलबार, १९ असार २०८०, १९ : ५२
मङ्गलबार, १९ असार २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा रासायनिक मलको उपलब्धतादेखि हेटौंडा कुलेखानी काठमाडौँ सडक खण्डको निर्माणको विषय उठाइएको छ । प्रदेश सरकारको बजेटमाथि छलफलका लागि आह्वान गरिएको मंगलबारको बैठकमा शून्य समयमा आफ्ना धारणा राख्दै सांसदहरुले उक्त विषय उठाएका हुन् ।

संघीय राजधानी काठमाडौँबाट हेटौंडा आउने फर्पिङ फाखेल भैसे हुँदै हेटौंडा आउने सडक छिटो निर्माण गर्न सांसदहरुले शून्य समयमा ध्यानाकर्षण गराएका छन् ।

बजेट न्यायोचित नभएको भन्दै विपक्षी दलहरुको लगातार अवरोध भएको प्रदेशसभा बैठक सोमबारबाट सञ्चालनमा आएको थियो । सरकारको विनियोजन विधेयकमाथि छलफलका लागि दिउँसो ३ बजे बसेको प्रदेशसभा बैठक सांसदहरुले खेती लगाउने समयमा कृषकलाई रासायनिक मलको व्यवस्थापन गर्न माग गरेका छन् ।

संसद्को शून्य समयमा सांसदहरु ओमकुमारी श्रेष्ठ, अमनकुमार मास्के, आनन्दकुमार श्रेष्ठ, आशा लामा, ईश्वर सापकोटा, एकालाल श्रेष्ठ, किरण थापा मगर, कृष्णप्रसाद सिलवाल, गिता काफ्ले, जयराम थापा, डा. दिनेशचन्द्र देवकोटा, निरज बज्राचार्य, प्रकाश श्रेष्ठ, प्रेमभक्त महर्जन, मधुकुमार श्रेष्ठ, यमुनादेवी श्रेष्ठ, रामेश्वर श्रेष्ठ, सुरेशचन्द्र लामिछाने, रमेशकुमार महत लगायतले कृषकहरुको समस्या समाधानमा सरकार गम्भीर भएर अघि बढ्नुपर्ने बताए ।

प्रदेशसभा सदस्य भारती कुमारी पाठकले किसान ५ किलो मलको लागि सिङगो दिन खर्चिन बाध्य भएको बताइन् । प्रदेश सरकारले स्थानीय सरकारसँगको समन्वयमा कृषकहरुको समस्या समाधान गर्न सक्नुपर्ने उनको भनाई थियो । प्राङ्गारिक मल बनाउन उनको थप जोड थियो ।

सांसद रामकुमार पहाडीले रासायनिक मलमा हुने गरेको कालोबजारी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए । 

बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेले महालेख परीक्षकको कार्यालयको प्रतिवेदन पेश गरेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले विनियोजन विधेयक सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । 

बैठकले उक्त विधेयक बहुमतले स्वीकृत गरेको छ भने उक्त विधेयकमाथि प्रदेश सभाको दोस्रो बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप