भोलि दिउँसो १ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित
बुधबार, २० असार २०८०, २० : ३०
काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबारको बैठक स्थगित भएको थियो ।
आधा घण्टाका लागि भनेर बैठक स्थगित भएपनि दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दलले संसद् बैठकबाट उनको राजीनामा समेत माग गरेका छन् ।