आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कास्की माछापुच्छ्रे ८ का वडाध्यक्ष कुटपिटको आरोपमा पक्राउ

बिहीबार, २१ असार २०८०, १३ : २१
बिहीबार, २१ असार २०८०

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका वडाध्यक्ष राम गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले बताए । 

वडाध्यक्ष गुरुङ बुधबार आफैं प्रहरीमा उपस्थित भएका हुन् । बुधबार आफूलाई कुटपिट गरेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले प्रहरीमा उजुरी दिएका थिए । उनीमाथि  कानुन बमोजिम अनुसन्धान अगाडि बढाइएको डिएसपी विकले बताए । उक्त बाटो स्तरोन्नति गर्न पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेट परेको थियो । 

‘विकासको काममा किन ढिलाइ गरेको कारण उपभोक्ता समिति सडकको बिवादमा थुनामा जानु पर्ने रैछ ! म जनताको सेवा ढिला गर्नेहरुको विरुद्ध चौकी हैन जेल बस्न तयार छु । जय जनता,’ गुरुङले प्रहरीसँग आत्मसमर्पण गर्नुअघि सामाजिक सञ्जाल फेस्बुकमा स्टाटस् लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप