सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘भिनी जुनियर ल’ : जातीय दुर्व्यवहार सम्बन्धी कानुन नै फुटबलरको नामबाट

बिहीबार, २१ असार २०८०, १४ : ३७
बिहीबार, २१ असार २०८०

काठमाडौँ । ब्राजिलमा जातीय दुर्व्यवहार निर्मूल पार्न बनाइएको कानुनको नाम नै फुटबल खेलाडीको नामबाट राखिएको छ । त्यहाँको सरकारले खेलाडीको नामबाट कानुनको नाम राख्दा जातीय दूव्र्यवहारका घटना कम हुने विश्वास लिएको छ । 

विश्व ब्यवसायीक फुटबलमा सम्भवतः सबैभन्दा बढी जातीय दुर्व्यवहार बेहोर्ने फुटबलर हुन्, भिनिसियस जुनियर । स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेल्ने यी २२ वर्षीय विंगर पटकपटक जातीय दूव्र्यवहारको शिकार हुँदै आएका छन् । 

त्यसैले रियो दी जेनेरियो सरकारले जातीय दुर्व्यवहार निर्मूल पार्न तयार पारिएको कानुनको नाम नै ‘भिनी जुनियर ल’ राखेको छ । भिनिसियस जुनियरसँग जोडेर कानुनको नाम राख्दा यसले उनीप्रति उचित सम्मान प्रकट गर्ने विश्वास पनि त्यहाँको सरकारले लिएको छ । 

‘भिनी जुनियर ल’ ले खेलकुदमा जातीय दूव्र्यवहारको घटना निर्मूल पार्न सहयोग पुर्‍याउने विश्वास सरकारले लिएको छ । गत सिजनमात्र पनि भिनिसियस जुनियर स्पेनमा पटकपटक जातीय दूव्र्यवहारको शिकार बनेका थिए । 

‘मेरा लागि यो निकै महत्वपूणर् क्षण हो । यसले मेरो परिवारका सदस्यलाई पनि गौरवान्वित तुल्याएको छ,’ माराकाना रंगशालामा आयोजित कार्यक्रममा भिनिसियस जुनियरले भनेका छन् । यही मैदानमा उनले पहिलो पटक फ्लेमिङ्गोको सिनियर टोलीबाट व्यवसायीक फुटबल खेलेका थिए । 

‘म अहिले युवा छु र यही उमेरमा यस्तो सम्मान पाउँछु होला भनेर सोचेको सम्म थिइँन,’ उनले भनेका छन् । रियो दी जेनेरियाका स१चारमाध्यमले भिनिसियस जुनियरले भोग्नु परेको जातीय दूव्र्यवहारको घटनाबाट प्रेरित भएर नै यस्तो कानुन बनाइएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप