मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वनको जग्गामा नेताहरुको आँखा लाग्यो, डीएफओले मन्त्रीको कुरा सुन्दैनन् : वनमन्त्री महतो

बिहीबार, २१ असार २०८०, १८ : ०६
बिहीबार, २१ असार २०८०

काठमाडौँ । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताएका हुन् । उनले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताए ।  

मन्त्री महतोले हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताए । उनले डीएफओले समेत मन्त्रीको कुरा नसुन्नेको बताए । डीएफओलाई रुख र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिएपनि नसुन्नेको उनको भनाई छ । तर व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डीएफओले काम गर्ने गरेको उनले बताए ।  

मन्त्री महतोले हरेक प्रदेशले आ–आफ्नो प्रदेशमा छुट्टै वन नीति बनाएको उल्लेख गर्दै नीतिमा समेत संघ र प्रदेश सरकारका बीचमा समन्वय हुन नसक्दा काम गर्न गाह्रो भएको बताए ।  

मन्त्री महतोले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्री वितरण हुन नसकेको बताए । उनले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताए । यद्यपि यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरिसकेको उनले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप