चन्द्रागिरिमा शिक्षकको कुटाइबाट छात्रा अचेत, आरोपित पक्राउ
बिहीबार, २१ असार २०८०, १८ : १३
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ स्थित श्रीकृष्ण माविमा अध्ययनरत छात्रालाई शिक्षकले निर्घात कुटपिट गरेका छन् ।
शिक्षकको कुटाइबाट कक्षा ८ मा अध्ययनरत छात्रा अस्मिता परियारलाई अचेत भएकी छन् ।
छात्रालाई कुट्ने शिक्षक डा. एकराज पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको श्रीकृष्ण माविका प्रअ बलराम कार्कीले रातोपाटीलाई बताए ।
छात्राको कान, टाउको र अनुहारमा शिक्षक खड्काले अन्धाधुन्ध प्रहार गरेको आरोप छ । छात्रालाई उपचारका लागी ओम समाज अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी प्रभात बलम्बुले अनुसन्धान गरिरहेको छ ।