सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
अपराध

उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर वडाध्यक्षसहित तीन जना फरार, प्रहरीमा उजुरी

शुक्रबार, २२ असार २०८०, ०९ : २०
शुक्रबार, २२ असार २०८०

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -३ का वडाध्यक्षसहित ३ जनाले एउटा उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको पाइएको छ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशिल गुरुङ, बलिराज शाहीले सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।

उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्। बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन्।

उनीहरुले काम सिद्ध्याई बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दिपा खड्काले रातोपाटीलाई बताइन् । उक्त विषयमा अहिले पत्रकार सम्मेलन गरिने पनि उनले बताइन् ।

वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।

uuu

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप