सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेडका पूर्वखेलाडी भान डेर सार आईसीयूमा

शनिबार, २३ असार २०८०, ०६ : ४९
शनिबार, २३ असार २०८०

लण्डन । म्यानचेस्टर युनाइटेड तथा आयाक्सका पूर्व गोलकिपर एडविन भान डेर सारको मस्तिष्कमा रगत जमेपछि आईसीयूमा उपचार भइरहेको छ । ५२ वर्षीय पूर्वडच खेलाडीको क्रोएसियाको अस्पतालमा उपचार भइरहेको हो । उनी छुट्टी मनाउन त्यहाँ पुगेको बताइएको छ ।

आयाक्सले भान डेर सारको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको जानकारी दिएको छ । क्लबले खेलाडीको शीर्ष स्वास्थ्य लाभको कामना पनि गरेको छ । गत मेमा मात्र उनले क्लबको प्रमुख कार्यकारीको भूमिकाबाट राजीनामा दिएका थिए । डच लिगमा आयाक्स तेस्रो स्थानमा सीमित हुँदै सन् २००९ पछि पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो ।

सन् २०११ मा युनाइटेड छाडेसँगै उनले फुटबलबाट सन्न्यास लिएका थिए । उनले सन् २०१२ मा आयाक्सको बोर्डमा प्रवेश रेका थिए । सन् २०१६ मा उनी क्लबको प्रमुख कार्यकारी बनेका थिए ।

भान डेर सारले युनाइटेडका लागि २२६ खेल खेल्दै चारवटा प्रिमियर लिग र एउटा च्याम्पियन्स लिग जितेका थिए । उनले फुलहम र युभेन्टसका लागि पनि खेलेका छन् । देशका लागि उनले १३० खेल खेलेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप