सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्पेनलाई हराउँदै इंग्ल्याण्डलाई युरो यू–२१ उपाधि

आइतबार, २४ असार २०८०, १० : १२
आइतबार, २४ असार २०८०

जर्जिया । स्पेनलाई हराउँदै इंग्ल्याण्डले युरोपियन अन्डर–२१ च्याम्पियनसीपको उपाधि जितेको छ । जेम्स ट्राफोर्डले नाटकीयरुपमा इन्जुरी समयको पेनाल्टी रोकेपछि इंग्ल्याण्डले पछिल्लो ४० वर्षमा पहिलोपटक यो उपाधि हात पारेको हो ।

म्यानचेस्टर सिटीबाट बर्नलीमा करिब १.९ करोड पाउन्डमा आबद्ध हुन लागेका ट्रफोर्डले ९९ औँ मिनेटमा अबेल रुइजको पेनाल्टीलाई रोकेका थिए । २० वर्षीय खेलाडीले त्यसपछि फलोअप प्रहार पनि रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

इंग्ल्याण्डले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेलमा अग्रता लिएको थियो । कोल पाल्मरको फ्रिकिकलाई कर्टिस जोन्सले गोलमा परिणत गरेका थिए । यही गोल नै खेलमा निर्णायक बन्यो । यसअघि रुइजको गोल अफसाइड करार गर्दै रद्द गरिएको थियो ।

योसँगै ली कार्सलेको टोली यो उपाधि जित्ने तेस्रो इंग्लिस टोली बनेको छ । यसअघि इंग्ल्याण्डले सन् १९८२ र १९८४ मा यो उपाधि जितेको थियो । प्रतियोगितामा लगातार ६ वटा क्लिन सिट राख्दै टोलीले नयाँ रेकर्ड पनि कायम गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप