सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी खेलकुद मन्त्री भन्छन्, ‘हामी पनि विश्वकप तटस्थ मैदानमा खेल्न माग गर्न सक्छौँ’

आइतबार, २४ असार २०८०, ११ : २०
आइतबार, २४ असार २०८०

इस्लामाबाद । पाकिस्तानका खेलकुद मन्त्री अहसान मजारीले भारतले एसिया कपको खेल तटस्थ मैदान खेल्न माग राख्न सक्छ भने पाकिस्तानले पनि विश्वकपमा भारतमा हुने खेलमा यस्तै माग राख्न सक्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले क्रिकेट टोली प्रतियोगितामा सहभागी हुनेबारे एउटा समिति बनाएका छन् । यसमा मजारी पनि एक सदस्य रहेका छन् ।

भारत एसिया कप खेल्न पाकिस्तान आउँदैन भने पाकिस्तानको टोली पनि विश्वकपमा भारत नजाने मजारी बताउँछन्  । अङ्ग्रेजी पत्रिका इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै मजारीले भने, ‘पाकिस्तानको क्रिकेट बोर्ड मेरो मन्त्रालयको अधीनमा आउँछ र मेरो व्यक्ति राय छ कि यदि भारत एसिया कपका लागि तटस्थ मैदानमा खेल्न माग गर्छ भने हामी पनि भारत विश्वकपको खेलका लागि यस्तै माग राख्नुपर्छ ।’

अक्टोबर–नोभेम्बरमा भारतमा एकदिवसीय क्रिकेट विश्वकप हुँदैछ । पाकिस्तानका प्रधानमन्त्रीले विश्वकपमा पाकिस्तानी टोलीको सहभागिताबारे निर्णय लिन एक उच्च स्तरीय समिति पनि गठन गरेका छन् । यस समितिको अध्यक्षमा पाकिस्तानका विदेश मन्त्री बिलवाल भुट्टो जरदारी रहेका छन् भने समितिमा ११ जना मन्त्री सामेल छन् । मजारीका अनुसार समितिले आफ्नो रिपोर्ट प्रधानमन्त्रीलाई सुम्पने छ र उनले नै यसबारे अन्तिम निर्णय लिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप