आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालेनलाई हर्कको ढाडस : हजुरको साथमा म छु

सोमबार, २५ असार २०८०, ०७ : ४८
सोमबार, २५ असार २०८०

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई धरान महानगरपालिकाका मेयर हर्क साम्पाहाङले ढाडस दिएका छन् । आदिपुरुष चलचित्रमा प्रतिबन्ध लगाएपछि चलेको मुद्दामा तारिख बोकिरहेका मेयर शाहलाई धरानका मेयरले ढाडस दिएका हुन् । 

आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको बताएका छन् ।

'आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।'

त्यसपछि साम्पाहाङले ‘नडराउनु’ भन्दै आफू साथमा रहेको बताए । साम्पाहाङले ट्वीटरमा ‘नडराउनुस् नबिराउनुस् हजुरको साथमा म छु, हामी छौं,’ लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप