सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनगढीका नगर प्रमुखद्वारा यू-१६ विजेता टोलीका खेलाडी सम्मानित

‘ग्रास रुट क्रिकेट’ को विकासमा सहयोग गर्ने प्रतिबद्धता
मङ्गलबार, २६ असार २०८०, १७ : ५४
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अघिल्लो साता मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका तीनजना खेलाडीलाई धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले मंगलबार सम्मान गरेका छन् ।

धनगढी क्रिकेट एकेडेमीमा आयोजक एक कार्यक्रममा हमालले नेपाली टोलीमा रहेका सुदूरपश्चिम तीनजना खेलाडी विकेटकिपर ब्याट्सम्यान आशिष लुहार, ओपनर ब्याटर नरेन भट्ट र अशोक धामीलाई सम्मान गरेका हुन् । 

घरेलु टोली मलेसियामाथि दुई सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रोपटक यू-१६ इस्ट जोन कप प्रतियोगिताको उपाधि जितेको थियो । उपाधि जित्ने टोलीमा धनगढी क्रिकेट एकेडेमीकै नरेन भट्टले फाइनलमा शतक प्रहार गरेका थिए । 

विकेटकिपर ब्याट्सम्यान आशिष पनि धनगढी क्रिकेट एकेडेमीकै उत्पादन हुन् । अशोक बझाङका खेलाडी हुन् । एकेडेमीले सम्मान गर्दै उनीहरुलाई निःशुल्क प्रशिक्षण गराउनेसमेत घोषणा गरेको छ । मेयर हमालले खेलाडीलाई बधाई दिँदै ‘ग्रास रुट क्रिकेट’ को विकासमा धनगढी उपमहानगरपालिकाले लगानी गर्ने बताए । 

उनले एकेडेमीका अध्यक्ष सुवास शाहीले धनगढीलाई  सिटी अफ क्रिकेट बनाउने परिकल्पना गरेको र त्यसलाई नीति तथा कार्यक्रममा समेटिएको पनि बताए । एकेडेमीका व्यवस्थापक श्यामुअल न्यौपानेले सम्मानित तीनैजना खेलाडीलाई बधाई दिँदै उनीहरुको निःशुल्क रुपमा एकेडेमीमा वर्षभरि प्रशिक्षणको व्यवस्था मिलाइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप