फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्दै मुकुन
बुधबार, २७ असार २०८०, १४ : ३६
काठमाडौँ । अभिनेता मुकुन भुषालले फिल्म ‘हेलिकप्टर’ निर्देशन गर्ने भएका छन् । ४५ मिनेट अवधिको रहने फिल्म सुदर्शन थापा प्रोडक्सन, सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने लागेको हो ।
बालमनोविज्ञानमा आधारित कथामा बन्न लागेको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलका लागि निर्माण हुन लागेको हो । फिल्मका निर्माता सत्यराज चौलागाईं हुन् ।
फिल्म क्षेत्रमा प्रवेश गर्दा आफूले देखेको सपना पुरा गर्ने उद्देश्यले यो निर्देशन गर्न लागेको अभिनेता मुकुन भुषालले बताए ।
‘म अभिनेता नै हो, अभिनेतानै रहनेछु । निर्देशक यो एउटा प्रोजेक्टको लागी मात्र हो’ भुषालले भने । सुदर्शन थापा, वसन्त निरौला र सत्यराज चौलागाईं निर्माता रहेको फिल्मको कलाकार छनौटको क्रममा छन् ।