आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो फिल्म ‘नाङ्गो गाउँ’

बिहीबार, २८ असार २०८०, १७ : ५३
बिहीबार, २८ असार २०८०

काठमाडौँ । भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा जय श्रेष्ठ निर्माता, राम श्रेष्ठ कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरु पनि अटाउका छन् । फिल्ममा राज थापा, कमलमणी नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको पनि अभिनय हेर्न सकिन्छ ।

बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप