सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रवण शक्ति नभएहरूले शतप्रतिशत छुट पाउने

बिहीबार, २८ असार २०८०, १९ : २३
बिहीबार, २८ असार २०८०

काठमाडौँ । राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ र क्लिनिक वानबीच बहिरामैत्री वातावरण बनाउन सम्झौता भएको छ । सम्झौतामार्फत् श्रवशक्ति नभएका, श्रवणशक्ति गुमाएका र सुस्त श्रवणशक्ति भएका व्यक्तिहरुको बहिरामैत्री वातावरण बनाउन लागिएको हो । 

संघबाट दोभाषे व्यवस्था गरी ललितपुरको जावलाखेलस्थित क्लिनिक वानलाई बहिरामैत्री बनाइ संघको सिफारिस पत्र लिएर आएकालाई  शतप्रतिशत छुट दिइने भएको छ । यस्तै, सेवाहरूमा ३५ प्रतिशत, प्रयोगशाला परीक्षणमा २५ प्रतिशत, औषधि र खोपमा १० प्रतिशत छुट पाउने संघले जनाएको छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप