बंगलादेशकी प्रधानमन्त्रीद्वारा दाहालको निधनप्रति दुःख व्यक्त
बिहीबार, २८ असार २०८०, २१ : ३५
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन् । बिहीबार बंगलादेशी राजदूतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर सो सन्देश सुनाएका हुन् ।
बंगलादेशको राजदूतावासअनुसार प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री प्रचण्डलाई पत्नीको निधनप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् । सीता दाहालको बुधबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको थियो । दाहाल लामो समयदेखि पीएसपी, पार्किन्सन्स लगायत रोगबाट पीडित रहेकी थिइन् ।