सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दिर्घरोगीलाई घरदैलोमै निःशुल्क औषधी पुर्‍याउँदै मालिकार्जुन गाउँपालिका

शुक्रबार, २९ असार २०८०, १८ : ०५
शुक्रबार, २९ असार २०८०

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दिर्घरोगीहरूलाई घरमै गएर निःशुल्क औषधी वितरण गर्न थालेको छ । दिर्घरोगीहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै घरदैलोमै एमबीबीएस डाक्टरसहितको टिमले निःशुल्क औषधी वितरण गर्न थालेको हो । दम, क्षयरोग, उच्च रक्तचाप, सुगर, छारे रोग लगायत विभिन्न रोगका बिरामीहरूलाई लक्षित गरेर उक्त औषधी वितरणको कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले जानकारी दिए ।

malikarjun2

आज (शुक्रवार) गाउँपालिकाको  वडा नम्बर ४ अन्तर्गत हुनैनाथ स्वास्थ्य चौकी मार्फत औषधी वितरण गरिएको छ । जसबाट २६ जना दिर्घरोगीहरूले सेवा लिएको बताए । गाउँपालिकाभित्र औषधी पसल नहुँदा बिरामीहरू औषधि लिन सदरमुकाम जानुपर्ने बाध्यता छ । उक्त समस्यालाई मध्यनजर गर्दै जनताको घरदैलोमै औषधी पुर्‍याउने कार्यक्रम अघि सारेको पालिका डाक्टर नीराजन बोहराले बताए ।

प्रत्येक वडाहरूबाट दिर्घरोगीहरूको तथ्याङ्क सङ्कलन गरेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप