सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदका लागि भारतीय क्रिकेट टोलीको घोषणा

शनिबार, ३० असार २०८०, १६ : ४८
शनिबार, ३० असार २०८०

नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १९ औँ एसियाली खेलकुदका लागि क्रिकेट टोलीको घोषणा गरेको छ । टिमको कप्तान ऋतुराज गायकवाडलाई दिइएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ८ सम्म चल्ने एसियाली खेलकुदमा टी–२० फर्म्याटका क्रिकेट खेलहरु हुनेछन् ।

अक्टोबर ५ बाट सुरु हुने एकदिवसीय विश्वकपका कारण यस प्रतियोगिताका लागि युवा खेलाडी छनोट गरिएको हो । यो टोलीमा गायकवाड बाहेक तिलक वर्मा र रिंकु सिंह पनि छन् ।

भारतीय टोली : ऋतुराज गायकवाड, यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा, वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे र प्रभसिमरन सिंह (विकेटकीपर) । स्ट्यान्डबाइ खेलाडीहरू - यश ठाकुर, साई किशोर, वेंकटेश अय्यर, दीपक हुड्डा, साई सुदर्शन

१६औँ एसियाली खेलकुदमा क्रिकेटलाई औपचारिक रूपमा समावेश गरिएको थियो । यी खेलहरू १२ देखि २७ नोभेम्बर २०१० सम्म चीनको ग्वाङ्झाउ शहरमा आयोजित भएका थिए। त्यसपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी चार एसियाली टोली सहभागी थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप