सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा हाइटेन्सन लाइनको करेन्टमा परी पाँच कावरियाँको मृत्यु

आइतबार, ३१ असार २०८०, ०८ : ३८
आइतबार, ३१ असार २०८०

नयाँ दिल्ली । उत्तर प्रदेशको मेरठमा काँवरियाको डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो ।

साथै, करिब एक दर्जन जलेर घाइते भएका छन् । मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विद्युत प्राधिकरणले लापरवाही गरेको आरोप लगाएका छन् । घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन पनि घटनास्थल पुगेको थियो ।

जानकारीका अनुसार मेरठको रली चौहान गाउँका काँबरियाहरु शनिबार साँझ करिब ८ बजे गाउँ पुगेका थिए । डिजेको धुममा काबरियाहरू गाउँमा प्रवेश गर्ने बित्तिकै सडकको छेउमा झुण्डिएको हाई टेन्सन लाइन डिजेसँग ठोक्किएको थियो ।

कसैले केही बुझ्नु अघि नै कावारियाहरू बिद्युत जलनको पीडामा एक एक गरी लड्न थाले । चारैतिर कोलाहल मच्चियो । कसैले पावर हाउसमा फोन गरेर बन्द गर्न आग्रह गरे तर कसैले सुनेन । 

त्यसपछि करेन्ट लागेका कावरियाहरुलाई गाउँलेहरु आ–आफ्ना गाडीबाट राखेर अस्पताल पुर्याएका थिए । जसमध्ये आधा दर्जनलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।  

गंगानगरको आईएमटी अस्पताल पुगेका मनिषको उपचार नपुग्दै मृत्यु भएको थियो । आनन्द अस्पतालमा उपचारका क्रममा चार कन्वारियाको मृत्यु भएको थियो, जसमध्ये दुई जना दाजुभाइ थिए ।

विद्युत विभागको लापरवाहीका कारण भएको दुर्घटनाका कारण आक्रोशित गाउँलेहरूले गाउँबाहिर सडक अवरुद्ध गरेर मेरठ–फोर्ट सडक अवरुद्ध गरेका छन् । प्रहरी अधिकारीहरूले मध्यरातसम्म जाम खोल्ने प्रयास गरिरहेका थिए । लापरवाही गर्ने विद्युत् कर्मचारीलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप