आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

श्रमिकको ज्याला वृद्धि गर्न माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन (तस्बिरहरु)

आइतबार, ३१ असार २०८०, १३ : ०६
आइतबार, ३१ असार २०८०

काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकलाई जिउन पुग्नेगरीको ज्यालावृद्धि गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ । आइतवार काठमाडौँको माइतीघरमा भेला भइ सत्तारुढ दल नेपाली कांग्रेसको संगठन नेपाल ट्रेड युनियन कांग्रेसले दबाबमुलक प्रदर्शन गरेको हो ।

tred union congress (2)

हरेक दुई वर्षमा श्रमिकहरुको पारिश्रमिक बढाइने र सोहीअनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमुलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए । उनले यो कार्यक्रममा एक हप्ता यता निरन्तर चलिरहेको बताए ।

उनले सरकारलाई श्रमिकहरुको न्युनतम पारिश्रमिक कम्तीमा २५ हजार बनाउनका लागि स्थानीय तह र प्रदेश सरकारमा ज्ञापन पत्र बुझाइसकिएको र आज केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउने बताए ।

tred union congress (3)

उनीहरुले श्रमिकको न्युनतम पारिश्रमिक २५ हजार कायम गर, श्रम आयोग गठन गर, नीति, निर्माण तहमा श्रमिकको प्रतिनिधित्व व्यवस्था गर, योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य लागू गर, स्थानीय तहमा श्रमिकको पञ्जीकरण गर लगायतका प्लेकार्ड, ब्यानरसहित नारा लगाएर सरकारलाई दबाब दिएका थिए । 

tred union congress (4)tred union congress (5)tred union congress (6)tred union congress (7)tred union congress (8)tred union congress (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप