आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कामकाज सरुवा फिर्ता गर्ने बागमती प्रदेशको निर्णय

आइतबार, ३१ असार २०८०, १५ : ४०
आइतबार, ३१ असार २०८०

काठमाडौं । बागमती प्रदेशले संघीय सरकारलाई चुनौति दिँदै कामकाजमा खटाइएका कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाज सरुवाका नाममा सबै प्रदेशमा कर्मचारीलाई आफूखुसी सरुवा गर्दै आएको छ । बागमतीले भने कामकाज सरुवाका कर्मचारीलाई दरवन्दीमै सरुवा गर्ने निर्णय गरेको छ । 

यसै विषयलाई लिएर प्रदेशमा कामकाजमा सरुवा भएका केही कर्मचारीले संघका विभागीय मन्त्री अमनलाल मोदीलाई भेटेका थिए ।

भेटमा मोदीले बागमतीले निर्णय गर्दैमा अहिले भइरहेको कामकाज सरुवा दरबन्दीमै पठाइहाल्ने अवस्था नरहेको जवाफ दिएका थिए । मन्त्री मोदीले साउनबाट आफूले दरबन्दी अनुसार नै कमैचारीको सरुवा गर्ने तयारी गरेको बताएका थिए । 

बागमती प्रदेशका एक कर्मचारीले भने,‘ प्रदेशको निर्णय एउटा छ, संघीय सरकारको अर्को छ । हामीले कस्को निर्देशन मान्ने ? निजामति सेवा ऐन नआउँदा हामी कर्मचारी खटनपटनमा जहिल्यै समस्या देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप