आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

खोला-पैनीको जग्गा छोड्न इटहरी उपमहानगरको ३५ दिने उर्दी

सोमबार, ०१ साउन २०८०, ०६ : ३१
सोमबार, ०१ साउन २०८०

इटहरी । इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिकसंरचना भत्काउन उर्दी जारी गरेको छ । अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो ।

रुमा इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिकगरेका छन् । कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलको भनाई छ । 

टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६र६ मिटर छोडी भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवै तर्फ ६र६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सूचना जारी गरेका हुन् । 

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिकाआँफैले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ । 

सार्वजनिक जमिन संरक्षण पनि आफ्नो प्रमुख प्राथमिकता भएको भन्दै मेयर पौडेलले सार्वजनिक जग्गा संरक्षणमा आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप