भीम सार्की पनि चार रन बनाउँदै आउट भए
सोमबार, ०१ साउन २०८०, १५ : १८
काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्घको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा भीम सार्की चार रन बनाउँदै पेभेलियन फर्किए । उनलाई हर्षित रानाले बोल्ड गरेका हुन् ।
भीम आउट हुँदा नेपालले ८.५ ओभरमा ३५ रन बनाएको थियो ।