सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारतीय नागरिक पक्राउ

सोमबार, ०१ साउन २०८०, २२ : ०६
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र ०२–००१ ख ५५४९ नंको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप