आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेल यूएईको तेस्रो विकेट

बुधबार, ०३ साउन २०८०, ११ : ५९
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधवार खेलिएको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को तेस्रो विकेट लिएको छ । नेपाली बलर कुशल भुर्तेलले यूएईको तेस्रो विकेट लिएका हुन् । उनले यूएईका एथान डिसुजालाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

उनले एथानलाई एलबीडब्लूको धरापमा पारेका हुन् । तेस्रोविकेट गुमाउँदा यूएईले २४ ओभरमा ९६ रन बनाएको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको हो । नेपाल र यूएई दुबै टोली उपाधि होडबाट भने बाहिरिइसकेको छ । समूह ‘बी’ बाट भारत र पाकिस्तान नकआउट चरणमा पुगिसकेका छन् । बुधबार दिउँसो हुने समूहगच रणको अन्तिम खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । दुबै टोली समूह विजेता बनेर सेमिफाइनलमा पुग्ने योजनामा छन् ।  

समूह ‘ए’ बाट भने दुई टेस्ट राष्ट्र श्रीलंका र बंगलादेश नकआउट चरणमा पुगिसकेका छन् । चार—चार अंक जोडेको श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् । चार अंक नै जोडे पनि श्रीलंका र बंगलादेशसँग नेट रन रेटमा पछाडि परेको अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । चौथो स्थानमा रहेको ओमानले भने एक खेल पनि जित्न सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप