आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल भुर्तेलको अर्धसतक पूरा

बुधबार, ०३ साउन २०८०, १४ : ४८
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्घको आफ्नो अन्तिम खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । 

उनले ३२ बलमा अर्धसतक बनाएका हुन् । उनले दुई छक्का र आठ चौका पनि प्रहार गरिसकेका छन् । नेपाली टोली हाल ११ ओभरमा एक विकेट गुमाएर ७६ रन बनाउँदै खेलिरहेको छ । 

त्यसअघि नेपालले पहिलो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालको पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए । नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको छ । उनले यूएईको ६ विकेट पनि लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप