आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

७१ रन बनाएर आउट भए कुशल भुर्तेल

बुधबार, ०३ साउन २०८०, १४ : ५९
बुधबार, ०३ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल ७१ रन बनाएर आउट भएका छन् । उनले ४३ बलको सामना गरी चार छक्का र नौवटा चौका हिर्काए ।

त्यसअघि उनले ३२ बलमा आफ्नो अर्धसतक पूरा गरेका थिए । उनले दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए । कुशल भुर्तेलको विकेट यूएईका बलर मोहम्मद फराजुद्दिनले लिएका हुन् । फराजुद्दिनले कुशल भुर्तेललाई फहाद नवाजद्वारा क्याच गराएका थिए ।

त्यसअघि नेपालले पहिलो ओभरको पहिलो बलमै आफ्नो पहिलो विकेट गुमाएको थियो । नेपालको पहिलो विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद पेभेलियन फर्किएका थिए । उनलाई यूएईका बलर मुहम्मद जवादुल्लाहले एलबीडब्लू आउट गराएका थिए । नेपालले यूएईबाट एक सय ५८ रनको लक्ष्य पाएको छ । उनले यूएईको ६ विकेट पनि लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप