सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उज्यालो अभियान अन्तर्गत एक वर्षमा १९ सय जनामा आँखाको निःशुल्क शल्यक्रिया

बिहीबार, ०४ साउन २०८०, १४ : ०२
बिहीबार, ०४ साउन २०८०

तुलसीपुर । उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिब १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरुसंग आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेको ‘उज्यालो साझेदारी’ कार्यक्रम अन्तर्गत १ हजार ८ सय ९९ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रदान गरिएको हो ।

नागरिकहरुले मोतियाविन्दुका कारण दृष्टिबिहिन जीवन यापन गर्नु नपरोस र नेपाल सरकारको आँखा स्वास्थ्य रणनितिलाई समेत सहयोग पुर्याउने उद्देश्यले स्थानीयतहरुसँग निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता गरि गत आर्थिक वर्षमा उज्यालो अभियान सञ्चालन गरिएको बताउँछन् प्रमुख प्रशासक सम्शेर थापा ।

उक्त कार्यक्रम अन्तर्गत एक वर्षमा १ हजार ८ सय ९९ जनालाई उज्यालो प्रदान गरिएको समेत बताए । पैसा र पहुँचको अभावका कारण कोही कसैले पनि अनहाकमै आँखाको ज्योती गुमाउन नपरोस् भन्ने मुख्य उद्देश्यका साथ उज्यालो कार्यक्रम संचालन गरिएको उनको भनाई छ ।

उज्यालो अभियान अन्तर्गत राप्ती आँखा अस्पतालले दाङको तुलसीपुर उपमहानगरपालिकामा २ सय ५९ जना, घोराही उपमहानगरपालिकामा १ सय ८७ जना, शान्तिनगर गाउँपालिकामा ८९ जना, बबई गाउँपालिकामा ४९ जना र दंगीशरणमा १०० जनाको मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरि उज्यालो पर्दान गरिएको बाह्ेय कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप