सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध भारतको गतिलो सुरुआत

शुक्रबार, ०५ साउन २०८०, १० : ३५
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले गतिलो सुरुआत गरेको छ । टस हारी ब्याटिङको निम्तो पाएको भारतले पहिलो पालीमा चार विकेट गुमाएर दुई सय ८८ रन बनाएको छ । पहिलो दिनको खेल सकिँदासम्म भारतका विराट कोहली अविजित ८७ र रवीन्द्र जडेजा अविजित ३६ रन बनाउँदै क्रिजमा छन् । 

त्यसअघि ओपनर ब्याट्सम्यानद्वय यसश्वी जैसवाल र कप्तान रोहित शर्माले भारतलाई गतिलो सुरुआत दिएका थिए । जैसवाल र शर्माले ओपनिङ विकेटका लागि एक सय ३९ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा पेभेलियन फर्कंदा जैसवालले ५७ रन बनाएका थिए । 

जैसवालले ७४ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए । कप्तान शर्माले पनि ८० रनको योगदान गरे । उनले एक सय ४३ बलको सामना गरी दुई छक्का र नौ चौका हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान शुभमन गिल १० रन बनाएर आउट भए । 

पहिलो दिनको खेल सकिँदासम्म कोहली र जडेजाले पाँचौं विकेटका लागि एक सय ६ रनको साझेदारी गरिसकेका छन् । अजिनक्या रहाने भने आठ रन बनाएर आउट भएका थिए । वेस्ट इन्डिजका बलर केमर रोच, सानन ग्याब्रियल, जोमेल वारिकन र जासन होल्डरले एक—एक विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप