सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साढे पाँच करोड युरोमा म्यान युनाइटेडमा आबद्ध भए गोलरक्षक ओनाना

शुक्रबार, ०५ साउन २०८०, १० : ५३
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड पुगेका हुन् । 

२७ वर्षीय गोलरक्षक ओनानालाई म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख युरो (करिब आठ अर्ब नेपाली रुपैयाँ) मा आबद्ध गरेको हो । उनी क्यामरुनको राष्ट्रिय टोलीका खेलाडी पनि हुन् । उनले म्यानचेस्टर युनाइटेडसँग पाँच वर्षका लागि सम्झौता गरेको समाचारमा जनाइएको छ । 

उनले आफ्नो ब्यवसायिक खेल जीवनको लामो समय भने डच क्लब आयाक्समा बिताएका थिए । उनले सन् २०१६ देखि सन् २०२२ सम्म आयाक्सबाट खेलेका थिए । ‘म्यानचेस्टर युनाइटेडबाट खेल्नु मेरो सपना पनि थियो । आज मेरो सपना साकार भएको छ,’ गोलरक्षक ओनानाले भनेका छन् । 

प्रभावशाली स्पेनिस गोलरक्षक डेभिड डे गेआले क्लब छाडेपछि म्यानचेस्टर युनाइटेड उनको विकल्पको खोजीमा थियो । १२ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएका गोलरक्षक डे गेआको सम्झौता यही जुलाईमा सकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप