आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फिल्म ‘हिँड्दा हिँड्दै’ को गीतमा आकाश र रेखाको रोमान्स

शुक्रबार, ०५ साउन २०८०, ११ : ४०
शुक्रबार, ०५ साउन २०८०

काठमाडौंँ । ‘हिँड्दा हिँड्दै’ आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । प्रेमकथामा निर्माण भएको फिल्मको ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको गीत सार्वजनिक भएको छ ।

रोमान्टिक शैलीमा तयार गीतमा  सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर छ भने किरण माइकल घिमिरेको शब्द तथा संगीत छ । गीत फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री रेखा शाहको अभिनय छ ।

मिलन आलमगर निर्देशित फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ र बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोदकुमार तामाङ र महादेश शाह सहनिर्मातामा छन् ।

आरआर फिल्मस्ले देशभर वितरण गर्न लागेको फिल्ममा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, ताराप्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

गतवर्ष केही असफल फिल्म दिएका आकाशले फिल्म ‘हिँड्दा हिँड्दै’ बाट व्यावसायिक सफलताको आश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप