आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मणिपुरमा यौन हमलाकी सिकार एक युवतीको बयान – महिलाले पनि छोडेनन्

शुक्रबार, ०५ साउन २०८०, १३ : २२
शुक्रबार, ०५ साउन २०८०

महिलामाथि भएको यौन दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि भारतको मणिपुरको भयावह अवस्था विश्वसामु छताछुल्ल भएको छ । 

यौन दुर्व्यवहारको सिकार भएकी १९ वर्षीय युवतीले अङ्ग्रेजी पत्रिका ‘द टेलिग्राफ’ सँग आफूमाथि भएको दुर्व्यवहारबारे सविस्तार जानकारी दिएकी छिन् । 

मुख्यमन्त्री एस।के। वीरेन सिंहको बयानको केही घण्टापछि सुनाइएको थियो, जसमा उनले यस्ता सयौँ घटना भएको बताएका थिए।

यी युवतीले आफू र अर्की एक महिलामाथि भएको यो भयानक अत्याचारको बेलिबिस्तार मुख्यमन्त्री एस.बिरेन सिंहको त्यो बयानको केही घण्टापछि सुनाइन्, जसमा उनले यस्ता सयौँ घटना भएको बताएका छन् ।

मुख्यमन्त्रीलाई ४ मेमा दुई महिलालाई निर्वस्त्र पारेर घुमाइएको र एक महिलामाथि सामूहिक बलात्कार गरिएको घटनाबारे प्रश्न सोधिएको थियो ।

त्यसपछि १८ महिनामा यसबारे उजुरी दर्ता गरिएको थियो । के मुख्यमन्त्रीलाई यसबारे थाहा छ ? यसबारे उनले भने, ‘यस्ता सयौँ घटना भएका छन् ।’

protest1यौन हमलाकी सिकार १० वर्षीय युवतीले ‘द टेलिग्राफ’ सँगको कुराकानीमा आफू मणिपुरको एक स्वास्थ्य सेवा संस्थाको विद्यार्थी भएको बताइन् । उनका अनुसार मैतेई समुदायका मानिसको एक भीडले चार मेमा उनीमाथि हमला गरेका थिए । 

द टेलिग्राफलाई यी युवतीले भनिन्, ‘मुख्यमन्त्री एन. बिरेन सिंहले हाम्रो समाजमा यस्तो खालको जघन्य अपराधका लागि कुनै स्थान नभएको बिहीबार बताएका छन् ।’

‘उनले यस्तो किन भनिरहेका छन्, त्यो मलाई थाहा छैन । उनले भाइरल भिडियो हेरेर नै यस्तो भनेका हुन् र ?’

१९ वर्षकी यी विद्यार्थीले भनिन्, ‘एक जातको समूहमा भएकै कारण महिलामाथि यस्तो हमला भइरहेको छ भन्ने कुरा मान्नका लागि मुख्यमन्त्रीले अब कति यस्ता भिडियोको प्रतीक्षा गर्नेछन् ?’

युवतीले भनिन्, ‘मुख्यमन्त्रीले बिहीबार जे भने अब त्यसको कुनै अर्थ बाँकी छैन । किनभने उजुरी दर्ता भएको ६५ दिन बितिसकेको छ र म अहिले पनि न्यायको प्रतीक्षा गरिरहेकी छु ।’

‘यो उजुरीमा मैले १५० हतियारधारी पुरुष र महिलाले चार मेको बेलुका चार बजे मेरो इन्स्टिच्युटमा हमला गरेर मलाई निशाना बनाएको बताएको छु ।’

युवतीले भने, ‘मैले पहिला जिरो एफआइआर दर्ता गराएको थिएँ । (यो एफआइआर कुनै पनि थानामा दर्ता गराउन सकिन्छ, चाहे घटना त्यो थाना क्षेत्रमा भएको होस् वा नहोस्) ।’

युवतीका अनुसार उनले उजुरी दिल्लीको उत्तम नगर प्रहरी थानमा उजुरी दर्ता गराएकी थिइन् किनभने उनलाई मणिपुरमा उपचारपछि दिल्लीको एम्समा थप उपचारका लागि ल्याइएको थियो ।

युवतीले भनिन्, ‘म मणिपुर फर्किएँ र चुराचान्दपुर प्रहरी थानामा ३० मेमा अर्को एउटा जिरो एफआइआर दर्ता गराएँ ।’

उनले थपिन्, ‘म थुप्रै दिनसम्म अस्पतालमा थिएँ तर मेरो बयान लिन कसैले पनि मलाई सम्पर्क गरेनन् । जबकी त्यो अस्पताल इन्फालमा प्रहरी स्टेसनबाट केही मिटर मात्रै टाढा थियो ।’

‘मुख्यमन्त्रीले प्रहरी अनुसन्धानमा जुटेको छ भन्नुको अर्थ के हो भन्ने मलाई थाहा छैन,’ उनले भनेकी छिन् । 

protest2उनका अनुसार हमलाकर्ता उनको इन्स्टिच्युटमा प्रवेश गरेका थिए र परिचयपत्र हेरिहेरी कुकी विद्यार्थीलाई निशाना बनाइरहेका थिए । डोरमेटरीमा ९० विद्यार्थी थिए ।

उनले भनिन्, ‘त्यहाँ हामी १० जना थियौँ । दुईजनालाई प्रहरीले जोगायो र ६ जना कसैगरी भाग्न सफल भए । मलाई र मेरा साथीलाई पहिचान गरेर समातियो । हामीलाई अरामबाई ते.गोल र मैतेई लिपुन (उग्रपन्थी मैतेई युवाको समूह) को युवा र महिलाले समातेका हुन् ।’

‘आधा घण्टासम्म फुटबललाई झैँ किक हानिरहे’

युवतीले भनिन्, ‘आधा घण्टाभन्दा बढी समयसम्म उनीहरुले हामीलाई फुटबललाई झैँ लात हानिरहे । मानिसहरू भीडमा आएर हामीमाथि बर्सिरहेका थिए । ममाथि जे भयो त्यसबारे भन्नका लागि अब मसँग शब्द छैन ।’

‘म ती मानिसहरूको आवाज कहिल्यै बिर्सन सक्दिनँ जो हामीमाथि हमला गर्ने समयमा खुसीले चिच्याइरहेका थिए । उनीहरुले यी युवालाई हामीलाई कुट्नका लागि उक्साइरहेका थिए ।’

‘बेहोस हुनुभन्दा अघि मैले ‘यो जिउँदै छे’ भनेको सुनेँ । उनीहरुले सायद मरेको ठानेर हामीलाई छोडेको हुनुपर्छ ।’

‘होस आउँदा मैले आफूलाई जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, इम्फालको आइसीभूमा भर्ना भएको अवस्थामा पाएँ । प्रहरीले मलाई त्यहाँबाट उठाएर अस्पताल लिएर गएको भन्ने सुनेँ ।’

‘मेरो केही साथी र परिवारका सदस्यले मलाई लिएर दिल्लीको एम्स आए र मलाई भर्ना गरे ।’

उनले पत्रिकासँग भनिन्, ‘स्वास्थ्य क्षेत्रमा करियर बनाउने सपना ध्वस्त भएको छ ।’

युवतीले भनिन्, ‘चुराचन्दपुरमा यस्ता सयौँ महिला भेटिन्छन् जो माथि यस्तो भएको छ । उनीहरूलाई लक्षित गर्न मे ३ देखि योजना बनाएर काम सुरु भएको थियो । आक्रमणहरू अझै भइरहेका छन् तर तिनीहरू अलि कम भएका छन् ।’

‘मुख्यमन्त्रीबाट कुनै आशा छैन’

उनले भने, ‘मलाई अहिले मुख्यमन्त्रीबाट कुनै आशा छैन ।’

‘तर मसँग उहाँलाई एउटा प्रश्न छ । हेल्थ केयर विद्यार्थीको रूपमा, हामीलाई धर्म, जाति वा अन्य कुनै मापदण्डको आधारमा बिरामीहरूलाई भेदभाव नगर्न सिकाइएको छ । मुख्यमन्त्रीले सबै मणिपुरीहरूलाई तिनीहरूको धर्म, जातीय समूह वा जातको पर्वाह नगरी सेवा गर्ने शपथ लिएका छन् ।’

के उनले आफ्नो शपथको यो लाज राखेका छन् ?

उनले यस्ता आक्रमणबाट अपमानित भएका सबै महिलालाई जवाफ दिनुपर्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप