आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी वरिष्ठ उपरीक्षक डा.केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ विमोचन

शुक्रबार, ०५ साउन २०८०, १६ : ०६
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीको पुस्तक ‘इन्ह्यान्सिङ पुलिसिङ इन नेपाल’ सार्वजनकि गरिएको छ । शुक्रवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लेखिएको पुस्तक २६४ पेजको छ । आईजीपी कुँवरसँगै शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्ली र पूर्व रथी बालानन्द शर्माले संयुक्त रुपमा पुस्तक विमोचन गरेका छन् ।

पुस्तकमा पाँच वर्षको अपराध तथ्यांकलाई मसिनोगरी विष्लेषण गरिएको छ । डा. केसीले तथ्याकं विश्लेषणमा थुप्रै पाना खचेको पूर्व रथी शर्माले बताए । पुस्तकबारे बोल्दै शर्माले भने–‘हामीलाई खाँचो परेको पुस्तक डा.केसीले ल्याउनुभएको छ ।’

‘हामीले दिएको कुरा जनताले चाहेका छन् कि छैनन् भन्नेबारे पुस्तकमा व्याख्या गरिएको छ’ शर्माले भने–‘नेपाली कम्युनिटी पिच्छे फरक चाहना हुन्छ, त्यो चाहना प्रहरी बुझ्नुपर्छ भन्ने उहाँको पुस्तकमा उल्लेख छ ।’

तथ्यांक संकलन र अनुसन्धान गरेर पुस्तक लेखेको भन्दै  शान्ति तथा द्वन्द्व अध्ययन केन्द्र कम्बोडियाकी अध्यक्ष डा. ईम्मा लेस्लीले डा. केसीलाई धन्यवाद दिइन् । उनले भनिन्–‘रिसर्चको लागी धन्यवाद ।’

आईजीपी वसन्त कुँवरले डा. मनोज केसीले बौद्धिक क्षेत्रमा पनि छुट्टै पहिचान बनाएको उल्लेख गर्दै बौद्धिकताको पहिचान आफैँमा कठिन कार्य भएको बताए । कुँवरले भने–‘प्रहरीका लागी यो पुस्तक महत्त्वपूर्ण दस्ताबेजको रुपमा रहनेछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप