आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दैन : सभापति लामिछाने

शनिबार, ०६ साउन २०८०, १७ : ००
शनिबार, ०६ साउन २०८०

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । 'त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ,' उनले भने । 

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । 'राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो,' उनले भने ।

रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए । 

सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप