आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सीआईबीको एक्सन

ललिता निवास प्रकरणमा नापी विभागका तत्कालीन कर्मचारी श्रेष्ठ समातिए

आइतबार, ०७ साउन २०८०, १४ : ००
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।

श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।

अदालतको अन्तरिम आदेशले छुटकाहरुलाई पनि सर्वोच्च अदालतले शुक्रवार गरेको आदेशले पक्राउ गर्न बाटो खुलेको छ ।

हालसम्म पक्राउ पर्नेको सूची

१. मीन बहादुर गुरुङ । (भाटभटेनी सुपर मार्केटका संचालक, असार १२)

२. सुधीर कुमार शाह । पूर्व निर्वाचन आयुक्त ।

३. धर्म प्रसाद गौतम, शाखा अधिकृत ।

४.गोपाल कार्की, अवकाश प्राप्त खरिदार

५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

६.घमान कुमारी कार्की, नापी सर्वेक्षक ।

७.बाबुराजा महर्जन, नक्कली मोही ।

८.रमेश कुमार पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)

९. देव नारायण महर्जन, मोही ।

१०.लोकहरी घिमिरे, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)

११.ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक ।

१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव ।

१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत । (असार २६)

१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत ।

१५ रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१६. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी । (असार २७)

१८.केशव तुलाधर, बिचौलिया । काठमाडौँ–३० असन । (असार ३१)

१९. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग । (साउन ७)

स्टे अर्डरमा छुटेका ।

१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।

२. सुरेन्द्रमान कपाली, अधिकृत ।

३. हुपेन्द्रमणी केसी, शाखा अधिकृत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप