सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इतिहास रचिँदै छ महिला विश्वकपमा : बेन्जिनाले हिजाब लगाएर खेल्ने

सोमबार, ०८ साउन २०८०, १० : २८
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलमा सोमबार तीनवटा खेल हुँदैछन् । पहिलो खेलमा इटालीले अर्जेन्टिनाको सामना गर्दैछ । अर्जेन्टिना र इटाली समूह ‘जी’ मा छन् । उक्त समूहमा स्विडेन तीन अंकसहित पहिलो स्थानमा छ । 

आफ्नो पहिलो खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको थियो । इटाली र अर्जेन्टिनाले भने आफ्नो पहिलो खेल खेल्न लागेका हुन् । सोमबार हुने दोस्रो खेलमा भने जर्मनीले मोरक्कोको सामना गर्नेछ ।

जर्मनी र मोरक्को समूह ‘एच’ मा छन् । उक्त समूहमा दक्षिण कोरिया र कोलम्बिया पनि छन् । यो समूहमा हालसम्म एक खेल पनि खेलिएको छैन ।

जर्मनी र मोरक्को बीचको खेलमा एउटा इतिहास रचिने सम्भावना पनि छ । उक्त खेलमा मोरक्कोकी नोहाइला बेन्जिनाले ‘हिजाब’ लगाएर खेल्ने भएकी छन् ।

मोरक्कोकी २५ वर्षीया डिफेन्डर बेन्जिनाले यसअघि नै आफू ‘हिजाब’ लगाएर मैदानमा ओर्लने बताइसकेकी छन् । उनी ‘हिजाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बन्नेछिन् ।

यसैगरी सोमबारको तेस्रो खेलमा ब्राजिलले पानामाको सामना गर्नेछ । ब्राजिल र पानामा प्रतियोगिताको समूह ‘एफ’ मा छन् । उक्त समूहमा फ्रान्स एक अंकसहित पहिलो र जमैका पनि एक अंकसहित दोस्रो स्थानमा छन् । फ्रान्स र जमैकाले आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । ब्राजिल र पानामाले भने आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप