सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एरीको ह्याट्रिकमा ब्राजिलको सहज जीत

मङ्गलबार, ०९ साउन २०८०, ०९ : १०
मङ्गलबार, ०९ साउन २०८०

एडिलेड । एरी बोर्जेसले सन् २०२३ को फिफा महिला विश्वकपमा पहिलो ह्याट्रिक गर्दा ब्राजिलले पानामाविरुद्ध सहज जीत हासिल गरेको छ । समूह एफ अन्तरगतको खेलमा ब्राजिल ४–० गोलले विजयी बनेको हो ।

ब्राजिलियन विंगरले पहिलो हाफमा दुई गोल गरेकी थिइन्  । दोस्रो हाफको सुरुवातमा उनले बिया जानेराटोलाई गोलको अवसर सिर्जना गरिन् । खेलको ७० औँ मिनेटमा गोल गर्दै उनले आफ्नो ह्याट्रिक पूरा गरिन् ।

योसँगै ब्राजिलले ९ वटा विश्वकपको सुरुवाती खेल जित्ने आफ्नो रेकर्डलाई कायम राख्न सफल भएको छ । जीतसँगै समूह ब्राजिल समूह एफको शीर्ष स्थानमा पुगेको छ । यसअघि फ्रान्स जमैकासँग बराबरीमा रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप