आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनगढीमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ

मङ्गलबार, ०९ साउन २०८०, २० : ५७
मङ्गलबार, ०९ साउन २०८०

कैलाली । धनगढी उप-महानगरपालिकामा गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने २ जना पक्राउ परेका छन् ।  इजाजत प्राप्त नगरेका व्यक्तिहरूले मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू सञ्चालन गरी औषधी बिक्री वितरण गरि चिकित्सा सेवा दिइरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

सोमबार जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वयमा धनगढीका वडा एरियामा रहेका मेडिकल, क्लिनिक, फार्मेसी तथा औषधी पसलहरू चेकजाँच गर्ने क्रममा ४५ वर्षीय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र २९ वर्षीया की कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिकले चिकित्सा सम्बन्धी मापदण्ड पुरा नगरी इजाजत पत्र नलिएको पाइएको थियो । 

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत इलाज सम्बन्धी कसुर मुद्दा दायर गरी मंगलबार सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप