सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टीट्वान्टी क्यानडा : सरेको जितमा सन्दीपको दुई विकेट

बुधबार, १० साउन २०८०, ११ : ०९
बुधबार, १० साउन २०८०

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछानेको टोली सरे जाग्वार्सले सफलता हात पारेको छ । सरे जाग्वार्सले मंगलबार राति सकिएको खेलमा टोरन्टो नेशनल्सलाई २० रनले हरायो । 

टस जिती पहिले ब्याटिङको निम्तो पाएको सरे जाग्वार्सले १८ ओभरमा ६ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको टोरन्टो नेशनल्सले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २१ रनमात्र बनाउन सक्यो ।

सन्दीपले पनि टोरन्टो नेशनल्सको दुई विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २२ रन खर्चिएका थिए । सन्दीपले टोरन्टो नेशनल्सका ओपनर ब्याट्सम्यान कोलिन मुनरोलाई ४३ रनको ब्यक्तिगत स्मोरमा बोल्ड गरेका थिए । उनले टोरन्टो नेशनल्सका पाँचौं नम्बरका ब्याट्सम्यान अरमान कपुरलाई १६ रनको ब्यक्तिगत स्कोरमा जतिन्दर सिंहद्वारा क्याच गराएका थिए ।  

सन्दीपले अर्का नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीको टोली मोन्ट्रियल टाइगर्सविरुद्घको खेलमा पनि दुई विकेट लिएका थिए । यद्दपि, उक्त खेलमा दीपेन्द्रको टोली मोन्ट्रिय टाइगर्स पाँच विकेटले विजयी भएको थियो । उक्त खेलमा दीपेन्द्रले बलिङ नगरे पनि ब्याटिङतर्फ २८ रन बनाएका थिए । सो खेलमा दीपेन्द्रलाई सन्दीपले नै एलबीडब्लू आउट गराएका थिए । 

सरे जाग्वार्सको दोस्रो खेल भने अनिर्णित अवस्थामा सकिएको थियो । तीन खेल खेलेको सरे जाग्वार्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । टोरन्टो नेसनल्शले भने तीन खेलबाट दुई अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । दीपेन्द्रको टोली मोन्ट्रियल टाइगर्स भने तीन खेलबाट ६ अंक जोड्दै तालिकाको पहिलो स्थानमा आसिन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप