आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अर्थमन्त्री महतद्वारा विमानस्थल भन्सार कार्यालयको निरीक्षण (तस्बिरहरु)

बिहीबार, ११ साउन २०८०, १३ : ४१
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गर्न पुगेका छन् । विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो ।

prakashsharan (1)

यसपछि, भन्सार कार्यालयमा कार्यरत तीनजना कर्मचारीलाई निलम्बन गरिएको थियो भने राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यसबीचमा सरकारले विमानस्थल भन्सार प्रमुख समेत फेरिसकेको छ । विमानस्थल भन्सार कार्यलयमा टोकराज पाण्डेलाई पठाएको छ । यहिक्रममा अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

prakashsharan (2)prakashsharan (3)prakashsharan (4)prakashsharan (5)prakashsharan (6)prakashsharan (7)prakashsharan (8)prakashsharan (9)prakashsharan (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप