आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक रुपैयाँ घट्यो काठमाडौँ उपत्यकाको भाडा, चढ्ने बित्तिकै १८ रुपैयाँ

बिहीबार, ११ साउन २०८०, १८ : ०६
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा एक रुपैयाँ भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेपछि प्रदेश सरकारले बिहीबार सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा १ रुपैयाँ भाडा घटेको हो । यो ३।२६ प्रतिशतको गिरावट भएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए ।

यससँगै, यसअघि चढ्ने बित्तिकै १९ रुपैयाँ तिर्नुपर्ने भाडा घटेर अब १८ रुपैयाँमा झरेको छ । यसको अर्थ यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्छ । यस्तै, प्रदेश राजपत्रका अनुसार १० किलोमिटरसम्मको दूरीमा २४ रुपैयाँ भाडा छ ।

२० किलोमिटरको यात्रा गर्दा ३२ रुपैयाँ भाडा तय भएको छ भने २० किलोमिटरभन्दा माथिको भाडादर ३७ रुपैयाँ कायम भएको छ । यसअघि, यो दूरीको यात्रा गर्दा यात्रुले १ रुपैयाँ बढी भाडा तिर्नुपर्थ्यो । पौडेलका अनुसार प्रतिशतमा घटाइएको भाडादर १ रुपैयाँ कायम भएको हो ।

प्रदेश सरकारले पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत घटबढ भएपछि सार्वजनिक यातायातको भाडादर समायोजन हुन्छ । यसका लागि प्रदेश सरकारले १५ वटा सूचक तय गरेको छ । र, यहीअनुसार भाडादर समायोजन हुने गरेको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप