आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुडानमा नेपाली शान्ति सैनिकको मृत्यु

शुक्रबार, १२ साउन २०८०, २० : १३
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यमा दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । 

बिहीबार शेर गण (शान्ति सेना) बाह्रौँ डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको मृत्यु भएको हो ।

जाजरकोटको खलंगा गाउँपालिका ६ घर भएका अमल्दार बाँठा स्थानीय रुम्बेकस्थित गण हेर्डक्वार्टमा झुण्डिएको अवस्थामा शव फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

उक्त घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ । शव पोष्टमार्टमपछि नेपाल ल्याउने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप