मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
चामलको मूल्य वृद्धि

होलसेल व्यापारीसँग वाणिज्यको छलफल, बजार अनुगमन तीव्र बनाइने

सोमबार, १५ साउन २०८०, १७ : ४८
सोमबार, १५ साउन २०८०

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका होलसेल व्यापारीसँग छलफल गरेको छ । विभागले आज कार्यालयमै होलसेल व्यापारी बोलाएर चामलको मूल्य बढ्नुको कारण खोज्ने प्रयास स्वरूप छलफल गरेको हो ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले व्यापारीले चामलको मूल्य बढाउन थालेपछि आज छलफल गरेको बताए । छलफलमा व्यापारीले भारतमा धानको मूल्य बढेकाले आयातित धानबाट उत्पादित चामलको मूल्य बढेको बताएका थिए ।

तर, यतिबेला बढेको धान आयात गरेर उत्पादन गरिएको चामल बजारमा आइसकेको छैन । सोही कारण, यसअघि नै आयातित धानबाट उत्पादित चामलमा मूल्य बढाउन नहुने ठाकुरले बताएका थिए । सोही कारण, विभागले बजार अनुगमनलाई तीव्रता दिने निर्णय भएको समेत ठाकुरले बताए ।

भारतले साउन ४ मा बासमती बाहेक अन्य प्रकारका चामलको निर्यातमा पूर्णरुपमा रोक लगाएको छ । यसबाट नेपालसहित विश्वभरका मुलुक प्रभावित बन्नेछन् । किनकि, भारत विश्वकै सबैभन्दा ठुलो चामल निर्यातकर्ता हो । 

भारतको उक्त निर्णय लगत्तै व्यापारीले नेपालमा प्रतिकिलो १२ रुपैयाँदेखि प्रतिबोरा २०० रुपैयाँसम्म मूल्य बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप