आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्थनमा माओवादी

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

बुधबार, १७ साउन २०८०, ०८ : २४
बुधबार, १७ साउन २०८०

काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको प्रतिवेदन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको थियो । सो प्रतिवेदनलाई प्रचण्डले अन्तिम रूप दिएपछि पदाधिकारी बैठकले अनुमोदन गर्न लागिएको हो । 

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्दैछ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने उपाध्यायले बताए । माओवादी केन्द्रले केन्द्रीय समिति बैठक पहिलोपटक लाइभ गर्न लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप